७ मंसिर, २०८१ शुक्रबार
07:49:50 PM
२० चैत, २०७८
वोमी लघुवित्तको १०० कित्ता सेयर बराबर सूर्योदय लघुवित्तको १०० कित्ता सेयरको अनुपात कायम गरिएको छ ।
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरु भएको छ । हिजो (चैत १९ गते शनिबार) देखि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
यी दुई लघुवित्त एक आपसमा १ः१ को अनुपातमा मर्ज भएका हुन् । वोमी लघुवित्तको १०० कित्ता सेयर बराबर सूर्योदय लघुवित्तको १०० कित्ता सेयरको अनुपात कायम गरिएको छ । एकीकृत कारोबारपश्चात बनेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मोक्ष प्रसाद पंगेनीलाई नियुक्त हुनुभएको छ ।
उहाँ ४ बषैको लागि (सीईआमा नियुक्त हुनुभएको हो । त्यस्तै,वोमी लघुवित्तका सीईओ प्रमेश आचार्य सूर्योदय वोमी लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको छ । सूर्याेदय वोमी लघुवित्तको अध्यक्षमा विन्दिया श्रेष्ठ प्रधान नियुक्त हुनुभएको छ ।
मर्जरपश्चात सूर्योदय वोमी लघुवित्तको चुक्ता पूँजी ७९ करोड १९ लाख रुपैयाँ, निक्षेप ४ अर्ब रुपैयाँ, ११ अर्ब रुपैयाँ कर्जा र ग्राहक संख्या १ लाख ७५ हजार पुग्नेछन् ।