१ मंसिर, २०८१ शनिबार
06:09:23 AM
२० चैत, २०७८
तीनै तहका सरकारको नीति, कार्यक्रम र बजेट निमार्णमा सहजीकरण गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई शैलीका १३ एपिसोड कार्यक्रम उत्पादन, प्रसारण एवं प्राप्त निष्कर्षहरुलाई बिजनेश रिपोर्टकारुपमा सार्वजनिक गर्ने
काठमाण्डौं । विशाल मिडिया ग्रुपद्धारा सञ्चालित नेपाल बिजनेश डटकमले व्यवसायिक प्रवद्र्धनका लागि नेपाल टेलिभिजनसंगको सहकार्यमा बिजनेश डायलग टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आईतवार नेपाल टेलिभिजनका व्यापार महाशाखा निर्देशक राजकुमार थापा र नेपाल बिजनेश डटकमका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले नेपाल टेलिभिजनमा विशाल मिडिया ग्रुप एजेन्सीकारुपमा आवद्ध भई बिभिन्न टेलिभिजन कार्यक्रम उत्पादन एवं प्रसारण गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
कार्यक्रम २०७९ बैशाख ५ गतेदेखि असार मसान्त सम्म हरेक हप्ताको सोमबार बेलुका ९:३० बजेदेखि १०:१५ बजेसम्म प्रसारण हुने
नेपालमा लगानीमैत्री वातावरण निमार्ण गर्दै तीनै तहका सरकारको नीति, कार्यक्रम र बजेट निमार्णमा सहजीकरण गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई शैलीका १३ एपिसोड कार्यक्रम उत्पादन, प्रसारण एवं प्राप्त निष्कर्षहरुलाई बिजनेश रिपोर्टकारुपमा सार्वजनिक गर्ने नेपाल बिजनेश डटकमका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले जानकारी दिनु भयो ।
कार्यक्रम २०७९ बैशाख ५ गतेदेखि असार मसान्त सम्म हरेक हप्ताको सोमबार बेलुका ९:३० बजेदेखि १०:१५ बजेसम्म प्रसारण हुने नेपाल टेलिभिजनका व्यापार महाशाखा निर्देशक राजकुमार थापाले जानकारी दिनुभयो ।
नेपाल टेलिभिजनका व्यापार महाशाखा निर्देशक राजकुमार थापाले उक्त कार्यक्रम नयाँ बर्ष २०७९ सालको पहिलो सोमवारबाट १३ एपिसोडसम्म प्रसारण हुने र कार्यक्रमको प्रभावकारीता हेरेर निरन्तरता दिने बताउनु भयो ।
कार्यक्रममा ७ वटै प्रदेशमा प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटका सन्दर्भमा संवाद सञ्चालन गर्नुका साथै बिभिन्न बिषयहरुमा केन्द्रीत रहेर सरकार, निजी क्षेत्र, दातृ संस्था र वास्तविक व्यवसायीकाबीचमा संवाद सञ्चालन गर्ने आयोजकले जनाएको छ ।