७ मंसिर, २०८१ शुक्रबार
07:32:56 PM
२० चैत, २०७८
गत भदौ ३१ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा १५ प्रतिशत बोनस सेयर जम्मा गरेको छ ।
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बोनस सेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ । असोज १६ गते सम्पन्न बैंकको १५ औँ वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस सेयर सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको बैंकले जनाएको छ ।
सो सेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको पनि बैंकले जनाएको छ । गत भदौ ३१ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा १५ प्रतिशत बोनस सेयर जम्मा गरेको छ ।
उक्त मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुका हकमा क्रमशः बोनस सेयर जम्मा हुने बैंकले बताएको छ । हालसम्म भौतिक सेयर धारण गरेका सेयरधनीहरुलाई शिघ्र सेयर अभौतिकीकरण गराई खाताको विवरण उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ।