७ मंसिर, २०८१ शुक्रबार

07:37:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा आज, यस्ता एजेण्डा पारित हुँदै

२० चैत, २०७८

साधारण सभा प्रयोजनका लागि बैंकले चैत ८ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार चैत ७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउनेछन् ।

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा आज, यस्ता एजेण्डा पारित हुँदै

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको वार्षिक साधारण सभा आज (चैत २० आइतबार) बस्दै छ । बैंककोे २४ औं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ । बैंकले यस बर्ष बैंकका सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छैन् । यसको अर्थ यो बर्ष बैंकका सेयरधनीहरुको हात खाली हुने छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने, संशोधनका लागि संचालक समितिलाई अख्तियारी दिने र स्वतन्त्र संचालनको नियुक्तिलाई अनुमोदन गर्ने, संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालक र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ जना संचालकको निर्वाचन गर्ने लगायतका एजेण्डामा छलफल गरि पारित गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले चैत ८ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार चैत ७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउनेछन् ।