७ जेठ, २०८१ सोमबार

09:48:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्री देउवाको आग्रह

Nepal Business

१९ चैत, २०७८

प्रधानमन्त्री देउवाले नेपालमा ठूला जलविद्युत् आयोजनाको निर्माण गरी भारतलगायत छिमेकी मुलुकमा ऊर्जा व्यापार गर्न सकिने सम्भावना रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्री देउवाको आग्रह

नयाँदिल्ली, १९ चैत 

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीको वातावरण सहज भएकाले ऊर्जा, पूर्वाधार, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ता, उद्योगी एवं व्यवसायीसँग आग्रह गर्नुभएको छ । 

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवाले भारतीय व्यापारिक समुदायसँगको अन्तरक्रियामा नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरणका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्नुभयो । 

उहाँले भारतले २१औँ शताब्दीको आर्थिक विकासमा फड्को मार्दै गरेको हुँदा नेपालमा लगानी गर्न र दुई देशबीचको आर्थिक सम्बन्ध अझ विस्तार गर्ने सम्भावना प्रशस्त रहेको बताउनुभयो ।

कोभिड मारामारीका कारण आम जनजीवन र अर्थतन्त्र नराम्ररी प्रभावित बनेको अवस्थामा विदेशी लगानीलाई आकर्षित गर्न सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो 

कोभिड मारामारीका कारण आम जनजीवन र अर्थतन्त्र नराम्ररी प्रभावित बनेको अवस्थामा विदेशी लगानीलाई आकर्षित गर्न सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएका विभिन्न सम्झौताले विद्युत् आदानप्रदान र रेल सेवा सञ्चालनमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री देउवाले नेपालमा ठूला जलविद्युत् आयोजनाको निर्माण गरी भारतलगायत छिमेकी मुलुकमा ऊर्जा व्यापार गर्न सकिने सम्भावना रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।