८ मंसिर, २०८१ शनिबार

10:06:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालय शम्शेर जबरालाई पाँच लाख राशिको पुरस्कार : विदेशी मुद्रा प्रचलन निरुत्साहितमा योगदान

Nepal Business

१८ चैत, २०७८

आगामी वैशाख ६ गते काठमाडौँमा कार्यक्रममा आयोजना गरिने अन्य विधाका पुरस्कार वितरण गर्ने भएको छ

हिमालय शम्शेर जबरालाई पाँच लाख राशिको पुरस्कार : विदेशी मुद्रा प्रचलन निरुत्साहितमा योगदान

झापा,

रुद्रगौरी, अम्बिका ओली प्रतिष्ठानले यसवर्ष रु पाँच लाख राशिको पुरस्कारबाट हिमालय शम्शेर जबरलाई सम्मानित गर्ने भएको छ ।

पहिलोपटक स्थापित श्रीप्रसाद ओली स्मृति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कारबाट उहाँलाई सम्मान गर्न लागिएको हो । 

पहिलोपटक स्थापित श्रीप्रसाद ओली स्मृति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कारबाट उहाँलाई सम्मान गर्न लागिएको हो । 

प्रतिष्ठानले विदेशी मुद्राको प्रचलनलाई निरुत्साहन गरी नेपाली मुद्रालाई चलनचल्तीमा ल्याउन उल्लेख्यनीय कार्य गरी नेपालमा स्वतन्त्र अर्थतन्त्रको जग बसाउन योगदान पु¥याएवापत उहाँलाई सो पुरस्कार वितरण गर्न लागेको प्रतिष्ठानले जनाएको छ ।

आगामी वैशाख ६ गते काठमाडौँमा कार्यक्रममा आयोजना गरिने अन्य विधाका पुरस्कार वितरण गर्ने भएको छ । पुरस्कृत हुनेमा सुभद्रा–मदन फाउण्डेशन र चन्द्रागिरि मेसिनरी उद्योग, युवती खड्का केसी, विवश पोखरेल रहेको प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले जानकारी दिनुभयो । 

रूद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार ललितपुरस्थित सुभद्रा–मदन फाउण्डेशन र चन्द्रागिरि मेसिनरी उद्योगलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कार राशि एक लाख एक हजार १११ रहेको छ ।

कृषि क्षेत्रको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहरूलाई पुरस्कृत गर्न लागिएको हो । गौरादेवी स्मृति राष्ट्रिय आर्दश आमा पुरस्कार काठमाडौँ निवासी युवती खड्का केसीलाई प्रदान गरिने भएको छ । 

उहाँलाई अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई पुनःस्थापना तथा सेवा, महिलाको आर्थिक सशक्तीकरण योगदान पु¥याए वापत रु एक लाख एक हजार १११ राशिको पुरस्कार प्रदान गर्न लागिएको हो ।

अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार यसवर्ष विगत साढे चार दशकदेखि निरन्तर नेपाली साहित्यको विकासमा क्रियाशील मोरङ विराटनगर निवासी साहित्यकार विवश पोखरेललाई प्रदान गरिने अध्यक्ष ओलीले बताउनुभयो । 

पुरस्कार राशी रु एक लाख एक हजार १११ रहेको छ । ‘रूद्रगौैरी, श्री–अम्बिका ओेली प्रतिष्ठान’ समाजमा भएका अनुकरणीय कार्यहरूको प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो ।