७ मंसिर, २०८१ शुक्रबार
07:34:06 PM
१८ चैत, २०७८
बैंकले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ्ग मुद्धती र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता सञ्चालनमा ल्याएको हो ।
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले दुई निक्षेप खाता सञ्चालनमा ल्याएको छ । बैंकले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ्ग मुद्धती र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता सञ्चालनमा ल्याएको हो ।
बैंकले नियमित आम्दानी गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिटान्स) प्राप्त गर्ने ग्राहकहरुलाई लक्षित गरी उक्त खाता सञ्चालनमा ल्याएको हो । यो खाता न्यूनतम १ हजार रुपियाँमा नै खोल्न सकिने छ ।
आफ्नो आम्दानी अनुसार खातामा क्रमिकरुपमा थप रकम जम्मा गर्न सकिनेछ । सेञ्चुरी रिकरिङ्ग मुद्धतीमा खाता खोल्दाकै बखतको व्याज दर प्रदान गरिने छ भने सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले समयसमयमा प्रकाशित गरेको मुद्धती निक्षेप अनुरुपको व्याज प्रदान गरिने छ ।
सेञ्चुरी बैंकका सम्पूर्ण शाखा मार्फत् खाता खोल्न सकिनेछ । सेञ्चुरी कमर्सियल बैंकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको छ । बैंकले हाल १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।