१ मंसिर, २०८१ शनिबार
07:32:23 AM
१८ चैत, २०७८
काठमाण्डौं–ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उपभोक्ताको लागि ‘मिमा डबल अफर’ ल्याएको छ । उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर शाओमीले ‘मिमा डबल मज्जा’ अफर ल्याएको हो ।
यो अफर आज (शुक्रबार) देखि लागु भएर वैशाख ३१ गते सम्म लागु हुनेछ । यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताहरुले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मिद्धब् टेलिभिजन जित्न सक्नेछन् ।
प्रिमियम प्राइस सेग्मेन्टमा शाओमीले यस्तो स्थान बनाएको छ जसले गर्दा नयाँँ टिभि किन्न चाहने उपभोक्ताहरुको लागि बजारमा यो भन्दा राम्रो विकल्प नभएको कम्पनीको दावी छ ।
यो अफर अन्तर्गत मि टेलिभिजन खरिद गर्नेे एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत बम्पर उपहारको रुपमा मि नोटबुक प्रो र ६ जना भाग्यशाली विजेताहरुले साप्ताहिक लक्की ड्र मार्फत ४०” को मि4A टेलिभिजन जित्न सक्नेछन् ।
मि टेलिभिजनले एन्ड्रोइड सपोर्ट गर्ने भएकोले यसले प्ले स्टोरमा भएको ४००० भन्दा बढी एपहरु सपोर्ट गर्छ । यसको अर्को विशेषता भनेको यसमा भएको स्मार्ट ब्लुटुथ रिमोट हो जसले गर्दा च्यानल चेन्ज गर्न टिभिमै रिमोट पोइन्ट गरि राख्नुपर्दैन र यसमा नेपाली भाषामै युट्युब र नेट फ्लिक्समा सर्च गर्न मिल्छ ।
यसमा भएको डेटा सेभर टेक्नोलोजीले मोबाइल डाटाबाटै टिभी हेर्दा पनि अरु टिभिमा भन्दा ४० प्रतिशतबढी डेटा बचत गर्छ । मि टेलिभिजनको अर्को विशेषता भनेको यसमा भएको फ्रेम रेट रिडक्सन टेक्नोलोजी हो ।
बजारमा उपलब्ध यसको ३२ देखि ६५ इन्चको जुन टिभि किने पनि उही फिचरहरु भएकोले गर्दा सानो टिभि किने पनि ठुलो टिभिमै जस्तो सम्पूर्ण फिचरहरुको मज्जा लिन सकिन्छ। यसको बजार मुल्य २९ हजार नौ सय देखि १० हजार नौ सय ९९ रुपैयाँसम्म रहेको छ ।