११ मंसिर, २०८१ मंगलबार
02:42:12 AM
१८ चैत, २०७८
काठमाण्डौं । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै गण्डकी प्रदेशको कास्की जिल्लास्थित बेगनास तालका २२० डुङ्गा व्यवसायीहरुलाई क्युआर कोर्ड वितरण गरेको छ ।
सो कार्यक्रमको उद्घाटनमा बोल्दै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा.राम शरण खरेलले नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरिहार्य कुरा भएको बताउनुभएको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहितअभियानलाई प्रभावकारी बनाउनक् युआर कोर्डलाई सर्वव्यापी रुपमा लैजानुपर्ने पनि बताउनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोर्डको प्रयोग गरि विद्युत्तीय प्रणालीमार्फत विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न व्यापार व्यवसायहरुमा क्युआर कोर्डलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने बताउनुभयो ।
उहाँले आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने बताउनुभयो । करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्पmत सेवाप्रदान गरिरहेको छ ।
बैंकले हालसम्म करिव ९० अर्ब रुपैयाा भन्दाबढी निक्षेप परिचालन गरि ८९ अर्ब रुपैयाँ भन्दाबढी कर्जा लगानी गरिसकेको छ ।