६ जेठ, २०८१ आइतबार

05:39:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सवारी साधनमा वैज्ञानिक भाडादर लागु, कति प्रतिशत समायोजन हुने ?

Nepal Business

१८ चैत, २०७८

इन्धनको मूल्यमा ५ रुपैयाँ तल माथि हुन साथ सार्वजनिक भाडादरमा परिवर्तन हुने छ ।

सवारी साधनमा वैज्ञानिक भाडादर लागु,  कति प्रतिशत समायोजन हुने ?

काठमाण्डौं । सरकारले वैज्ञानिक भाडादर (स्वचालित रुपमा भाडा) समायोजन हुने निर्णय पनि गरेको छ । इन्धनको मूल्यमा ५ रुपैयाँसम्म वृद्धि हुँदा सवारी भाडामा पनि वृद्धि हुने र इन्धनको मूल्यमा कमि आउँदा सवारिको भाडादरमा कम हुने गरि स्वचालीत प्रणाली अनुसार मूल्य समायोजन गर्ने निर्णय गरेको छ । यसो गर्दा इन्धनको मूल्यमा ५ रुपैयाँ तल माथि हुन साथ सार्वजनिक भाडादरमा परिवर्तन हुने छ ।

यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस भाडा समायोजन गर्ने र स्वचालित मूल्य समायोजन लागु गर्ने सिफारिस गरेको थियो । विगत ९ वर्षदेखि हुन नसकेको वैज्ञानिक भाडादर प्रणाली समायोज हुन नसकेको भन्दै विभागले स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था गर्न मन्त्रालयमा प्रस्ताव गरेको थियो ।

एक प्रदेशबाट अर्को प्रदेशका सञ्चालन हुने सार्वजनिक यात्रु तथा ढुवानी गर्ने सवारी साधनमा करिब १० देखि १४ प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय भएको यातयात विभागले जनाएको छ ।

विभागले वैज्ञानिक भाडादर लागु गर्न समायोजन अध्ययन प्राविधिक समितिले तयार पारेको प्रतिवेदनका आधारमा मन्त्रालयले भाडा समायोजन र स्वचालित मूल्य लागु गरेको हो ।

पछिल्लो समय पार्टपुर्जा तथा इन्धनको मूल्यमा भएको वृद्धिले गर्दा यातायात व्यवसायीले मुूल्यवृद्धि समायोज सम्बन्धी मापदण्ड तयार गर्न माग गर्दै आएका थिए ।

पछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा वृद्धि भएपछि हाल पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल प्रतिलिटर १३८ रुपैयाँ रहेको छ । गत असारमा संघीय सरकारले लामो दूरीको सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो ।

सरकारले लामो दूरीको सार्वजनिक सवारी साधनको भाडा बढाउने निर्णय गरेको छ। बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एक प्रदेशबाट अर्को प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीमा करिब १० देखि १४ प्रतिशत भाडा समायोन गर्ने निर्णय भएको यातायात विभागले जनाएको छ ।

एक प्रदेशबाट अर्को प्रदेशका सञ्चालन हुने सार्वजनिक यात्रु तथा ढुवानी गर्ने सवारी साधनमा करिब १० देखि १४ प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय भएको यातयात विभागले जनाएको छ । कुल भाडाको ३४ प्रतिशत हिस्सा इन्धनलाई लिएर अन्य १२ सुचकको अध्ययनको आधारमा बिहीबार मन्त्रीस्तरीय निर्णयबाट भाडा समायोजन भएको विभागको दावी छ ।

आइतबारबाट विभागले रुट अनुसार समायोजन भएको भाडाको सूची सार्वजनिक गर्ने जनाएको छ । त्यसपछि बढेको भाडा कार्यान्वयनमा आउने छ ।  छोटो दूरीको भाडा भने प्रदेश सरकार मातहत भएकाले तत्काल स्थानीय सरकारले केही निर्णय गरेका छैन ।