७ मंसिर, २०८१ शुक्रबार

08:11:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

१८ चैत, २०७८

बैंकका संस्थापक सेयरधनी दिपकलाल बटाजुले आफ्नो नाममा रहेको १४ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएको हुनाले उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । कामना सेवा विकास बैंकले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी दिपकलाल बटाजुले आफ्नो नाममा रहेको १४ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएको हुनाले उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र कुनै पनि आवेदन नपरेपछि उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइएको बैंकले जनाएको छ ।  

उक्त सेयर खरिद गर्न चाहाने इच्छुुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले सूचना प्रकाशित भएको मिति चैत १८ गतेदेखि १५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा आवेदन दिन सक्नेछन् ।