२१ बैशाख, २०८१ शुक्रबार

05:40:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गर्दै सरकार

१८ चैत, २०७८

अहिले सरकारले भूमिहिन, सुकुम्वासी लगाएतलाई जग्गाको लालपूर्जा वितरण गरिरहेको छ ।

४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गर्दै सरकार

काठमाण्डौं । सरकारले ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गर्ने भएको छ ।

विहिवार बसेको मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गदैृ सरकारका प्रवक्ता एंव सञ्चार मन्त्री ज्ञानेन्द्र वाहादुर कार्कीले भूमी आयोगमा रिक्त जिल्ला अध्यक्षहरुको नियुक्तिका लागि मन्त्रीपरिषदले निर्णय गरेको जानकारी दिनुभयो ।

अहिले सरकारले भूमिहिन, सुकुम्वासी लगाएतलाई जग्गाको लालपूर्जा वितरण गरिरहेको छ । 

यसैगरी सरकारले अरुण ३ जलविद्युत परियोजनाको पहूँच मार्ग अन्तर्गत छ्याङकुटि–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको छ ।

सरकारले विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्तकालिन बैठकमा नेपालको सहभागीताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।

यस्तै बैठकले उत्पादनमुलक उद्योगलाई औधोगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने  र गोरखापत्र संस्थानको रिक्त महाप्रवन्धक पदमा लालबहादुर ऐरीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता कार्की प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणले नेपाल र भारतबीचमा सदियौदेखि रहदै आएको सम्बन्ध थप प्रगाढ हुने बताउनुभयो । 
उहाँले भारत भ्रमण मुलुकको हितमा भ्रमण केन्द्रीत रहने पनि बताउनुभयो ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।