७ मंसिर, २०८१ शुक्रबार
07:51:56 PM
१८ चैत, २०७८
पुस ८ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको ३२.३० प्रतिशत बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ । पुस ८ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको ३२.३० प्रतिशत बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा मात्र उक्त बोनस सेयर जम्मा भएको कम्पनीले जनाएको छ । उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका सेयरधनीको हकमा क्रमशः सम्बन्धित सेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने कम्पनीले बताएको छ ।