७ मंसिर, २०८१ शुक्रबार

05:38:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

किसानबाट उपभोक्तासम्म अण्डा पु¥याउँदै

Nepal Business

४ पुस, २०७८

हाल फार्मबाट आपूर्तिकर्ता, डिलर, सहायक डिलर, साइकल र किराना पसल हुँदै उपभोक्ता कहाँ पुग्ने गरेको छ । किसान दाना उद्योगका कार्यकारी निर्देशक विनोद पोख्रेलका अनुसार फार्मबाट किराना पसलसम्म पु¥याउनका लागि बिक्री डिपो विस्तार गरिएको हो । हालसम्म १० डिपो सञ्चालन ल्याइएको छ । उहाँले भन्नुभयो, “देशका प्रमुख शहरमा डिपो बिस्तार गर्दैछौं ।” कम्तीमा ३० डिपो पु¥याउने लक्ष्य रहेको उहाँको भनाइ छ । पोख्रेलका अनुसार डिपो नभएका शहरमा पनि स्थानिय डिलरमार्फत अण्डा पु¥याइँदै आएको छ ।

किसानबाट उपभोक्तासम्म अण्डा पु¥याउँदै

 

काठमाण्डौं, पुस ४

 व्यावसायिक समूहले किसानले उत्पादन गरेको अण्डा सिधैउपभोक्ताकोमा पु¥याउने सञ्जाल सञ्चलनम ल्याएको छ ।  । दाउन्ने एग्रोफार्म प्रालिले यो सज्जाल विस्तार गरिरहेको छ । यस समुहले सोझै घरदैलोसम्म अण्डा पु¥याउँदा उपभोक्ताले सस्तोमा अण्डा पाउने छन् ।

समूहले आफ्नै बिक्री डिपोमार्फत बिक्री गर्ने भएपछि विभिन्न तहमा दिनुपर्ने कमिशन बचत हुने र उपभोक्ताले भविष्यमा सस्तोमा ताजा अण्डा उपभोग गर्न पाउने भएका छन् । सो समूहले नवलपरासीमा दाउन्ने एग्रोफार्म प्रालिमा झण्डै तीन लाख लेयर्स कुखुरा पालेको छ । किसान दाना उद्योगको लगानी रहेको सो प्रालिमा दैनिक एक लाख ३६ हजार वटाभन्दा बढी अण्डा उत्पादन हुन्छ । त्यति नै मात्रामा किसानबाट सङ्कलन हुने गरेको छ । यो सङ्ख्या बढ्ने उद्योगले जनाएको छ ।

हाल फार्मबाट आपूर्तिकर्ता, डिलर, सहायक डिलर, साइकल र किराना पसल हुँदै उपभोक्ता कहाँ पुग्ने गरेको छ । किसान दाना उद्योगका कार्यकारी निर्देशक विनोद पोख्रेलका अनुसार फार्मबाट किराना पसलसम्म पु¥याउनका लागि बिक्री डिपो विस्तार गरिएको हो । हालसम्म १० डिपो सञ्चालन ल्याइएको छ । उहाँले भन्नुभयो, “देशका प्रमुख शहरमा डिपो बिस्तार गर्दैछौं ।” कम्तीमा ३० डिपो पु¥याउने लक्ष्य रहेको उहाँको भनाइ छ । पोख्रेलका अनुसार डिपो नभएका शहरमा पनि स्थानिय डिलरमार्फत अण्डा पु¥याइँदै आएको छ ।  

हाल उद्योगले काठमाडौँको नैकाप, वनस्थली, पेप्सीकोला, जोरपाटी, नक्साल, सामाखुशी, नयाँबजार, सुर्खेतको सनिहिल लाइन, इटहरीमा बिक्री केन्द्र खोलेको छ । ती केन्द्रमार्फत घरदैलोमा अण्डा पु¥याउने गरिन्छ । बाह« साना भ्यानले अण्डा सेवा प्रवाह गरी स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दरमा उपभोक्तासम्म पु¥याउने लक्ष्य समुहको छ । 

नेपालमा नै सबैभन्दा बढी अण्डा सङ्कलन गर्ने यस उद्योगले काठमाडौँसँगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, नेपालगञ्ज जस्ता प्रमुख शहरमा अण्डा बिक्री गर्दै आएको छ । उद्योगका अध्यक्ष रघुनाथ भट्टले किसानबाट पाँचौ तह पार गरेर मात्र उपभोक्तासम्म अण्डा पुग्दै आएकामा अब सोझै उपभोक्तासम्म पु¥याउने उद्देश्यका साथ काम थालिएको बताउनुभयो । 

उहाँका अनुसार घर नजिकैको पसलसम्म उद्योगले अण्डा पु¥याउने छ । यस समूहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योगलगायतका उद्योग र उत्पादनमा लगानी छ । 

नेपालमा नै सबैभन्दा बढी कुखुरा पाल्ने लक्ष्य लिएको यस समूहले हाल करिब तीन लाख कुखुरा पालेका आठ लाख पु¥याउने तयारी गरेको निर्देशक द्रोण लामिछानेले जानकारी दिनुयो । उद्योगले ‘ह्याप्पी एग’ नामबाट ‘ब्राण्डिङ’ गरी आकर्षक प्याकिङ्मा बिक्री गर्दै आएको छ । 

यसैबीच काठमाडौँको वनस्थली र नैकापमा आजदेखि डिपो शुरु गरिएको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले वनस्थली र नैकाप डिपोको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले घरदैलोमा ताजा सस्तोमा अण्डा पु¥याउने प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।