१ मंसिर, २०८१ शनिबार
08:35:42 AM
१७ चैत, २०७८
काठमाण्डौं–सेयरिङ एप ‘साहारा एप’ ले राइडरसँग कमिसन नलिने घोषणा गरेसँगै राइडरको आर्कषण थप बढेको छ ।
आफ्नो कमाई सबै आफैले राख्न पाउने भएपछि राइडर खुशी रहेको राइडरहरु बताउँछन् । बिजनेश ग्रोथ कम्पनीले सञ्चालन गरेको यस एपमा अन्य राइड सेयरिङ एपभन्दा सस्तो पनि रहेको कम्पनीको दावी छ ।
कम्पनिले सेवाग्राही र राइडरको हितमा विभिन्न योजनाहरु ल्याउँदै आएको छ । साहारा एपको बाइक र ट्याक्सी चलाएर महिनाको ६० हजारभन्दा बढि कमाउने राइडरहरु पनि रहेका छन् ।
एप चलाउन सजिलो हुनुका साथै निशुल्क तालिम, कमिसन दिन नपर्ने र आनन्दले आम्दानी गर्न सकिने राइडरहरु बताउँछन् । नेपालीले नै निर्माण र सञ्चालन गरेको यस एप पछिल्लो समय ग्राहक र राइडरको पहिलो रोजाईमा पर्ने कम्पनीले जनाएको छ ।
कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले विशेषतासहित अन्य सुविधा पनि थप्दै जाने जानकारी दिनुभयो ।