७ मंसिर, २०८१ शुक्रबार
08:10:10 PM
१७ चैत, २०७८
उक्त लिलामीमा सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन्।
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज (चैत्र १७ गते, बिहीबार) अन्तिम दिन रहेको छ । बैंकले गत फागुन ७ गतेदेखि माघ १२ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो। सो समयमा बिक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६ सय ५१ कित्ता गरी कुल १ लाख ४५ हजार ६४९ कित्ता सेयर चैत १० गते बिहीबारदेखि लिलामीमा बिक्री गरेको थियो ।
उक्त लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन्। उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
अवितरित हकप्रद सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल काठमाडौं, ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, आदर्शनगर (वीरगन्ज), हेटौँडा, नारायणगढ, न्युरोड (पोखरा), बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पनि आवेदन दिन सक्नेछन् ।