७ मंसिर, २०८१ शुक्रबार
07:39:04 PM
१७ चैत, २०७८
हकप्रदमा आवेदन दिने सेयरधनीलाई १७ लाख ८९ हजार २ सय ३९ कित्ता सेयर बाँडफाँड गरिएको छ ।
काठमाडौँ । समृद्धि फाइनान्स लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड भएको छ । उक्त हकप्रद सेयर बाँडफाँड हिजो अर्थात् चैत्र १६ गते बुधबार सम्पन्न गरिएको बिक्रि प्रबन्धक बिओके क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार हकप्रदमा आवेदन दिने सेयरधनीलाई १७ लाख ८९ हजार २ सय ३९ कित्ता सेयर बाँडफाँड गरिएको छ । उक्त समयमा अवितरित ९ लाख ४० हजार ४ सय ६६ कित्ता हकप्रद सेयर लिलाममा आउने छ ।
फाइनान्सले २ः१ को अनुपातमा अर्थात् हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
साथै, आफ्नो हक भन्दा बढी हकप्रद सेयरको निमित्त आवेदन गरी बाँडफाँडमा नपरेका सेयरधनीहरुको सेयर वापतको रकम फिर्ता भुक्तानी चैत २० गतेदेखि आवेदकले आफ्नो आवेदन फाराममा उल्लेख गरेको बैंक/वित्तीय संस्थाको खातामा IPS मार्फत सिधै रकमान्तर गरिने कम्पनीले जनाएको छ ।