७ मंसिर, २०८१ शुक्रबार
07:34:59 PM
१७ चैत, २०७८
कम्पनीको नाममा रहेको बैंक खातामा कर बापतको रकम जम्मा गरी आफ्नो बोनस सेयर लिन सेयधनीहरुलाई लघुवित्त कम्पनीले आग्रह गरेको छ ।
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । लघुवित्त कम्पनीको पुस १९ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट गत आर्थिक बर्षकाको मुनाफाबाट सेयरधनीहरुलाई १७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस सेयर वितरणको लागि लाग्ने कर बापतको रकम जम्मा गर्न सेयधनीहरुलाई कम्पनीले आग्रह गरेको हो ।
कम्पनीले २०७७ साल साउन ११ पश्चात् सेयर खरीद गरेका वा प्राथमिक सेयर निष्काशनमा बाँडफाँडमा परी हालसम्म सो सेयर कायम रहेका सेयरधनीहरुको हकमा सो सेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७ (क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर वापतको रकम सेयरधनी स्वयंले नै तिर्नुपर्ने भएकाले बोनस सेयर बापतमा लाग्ने कर रकम जम्मा गर्न आग्रह गरेको हो ।
कम्पनीको नाममा रहेको बैंक खातामा कर बापतको रकम जम्मा गरी आफ्नो बोनस सेयर लिन सेयधनीहरुलाई लघुवित्त कम्पनीले आग्रह गरेको छ । कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो डिम्याट खाता नं., नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न कम्पनीले अनुरोध गरेको छ । बुकक्लोजको समयमा सेयर रोक्का रहेका सेयरधनीहरूको बोनस सेयर फुकुवापत्र प्राप्त भएपश्चात् मात्र खातामा पठाइने कम्पनीले जनाएको छ ।