१ मंसिर, २०८१ शनिबार
09:51:09 AM
१७ चैत, २०७८
काठमाण्डौं–ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिपसिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो को लन्च गरेको छ ।
प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफि र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक एआइ एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन बजारमा ल्याइएको हो।
लन्चको बारेमा बोल्दै शाओमी नेपालकानयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भन्नुभयो, ‘नयाँ–नयाँ प्रविधी र नयाँँ–नयाँँ फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि हामी सँधै टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउन केन्द्रित छौँ । यसै सिलसिलालाई निरन्तरता दिँदै हामीले हाम्रो फ्ल्यागशिप शाओमी १२ प्रो लन्च गरेका छौँ, आशा छ यहाँँहरुले यसलाई मन पराइदिनुहुनेछ ।’
उहाँले थप्नुभयो, ‘शाओमी १२ प्रो को ५०ए मेन वाइड एङलको सुपेरियर ट्रिपल क्यामरा र Snapdragon™ जेन १ प्रोसेसरले एकदमै उत्कृष्ट फ्ल्यागशिप अनुभव प्रदान गर्छ । यसमा डिस्प्लेमेटले A± रेटिङ गरेको एमोलेड डट डिस्प्ले छ जसले ट्रु कलर सपोर्ट गर्छ र भिडियो स्पष्टसँग हेर्न मिल्छ । साथै यसमा स्क्य्राचरेसिस्टान्ट कर्निङ गोरिल्ला ग्लास भिक्टस राखिएको हुँदा स्क्रिन कोरिने चिन्ता हुँदैन ।’
यो १२ जिबी+२५६ जिबीको स्टोरेजमा नीलो र बैजनी रङमा शाओमीको आधिकारिक स्टोरहरुमा उपलब्ध छ । यसको मूल्य एक लाख १४ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।
यसको स्लिम र हाइ क्यापासिटीको ब्याट्रि अनि सानो रिज ग्यापले फोनको स्पेस पनिमजासँग सेभ गरेको छ। यसको ६.७३ इन्चको स्लिक मिडल फ्रेम डिस्प्लेलाई सोफिस्टिकेटेड घम् कर्भले झनै आकर्षक देखाएको छ।