१७ बैशाख, २०८१ सोमबार

07:50:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री देउवाको बिमस्टेक सम्बोधन दीगोलक्ष्यमा केन्द्रित

१६ चैत, २०७८

शेरबहादुर देउवा दिगो विकास र शान्तिको लागि बिमस्टेक सहित निजी साझेदारको आवश्यकतामा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाको बिमस्टेक सम्बोधन दीगोलक्ष्यमा केन्द्रित

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताउनुभएको छ । कोरोना नियन्त्रणसँगै नेपाल दीगो लक्ष्यको सूचकांक पुरा गर्ने तर्फ अगाडि बढ्ने विषयमा उहाँले जोड दिनुभयो । 

श्रीलङ्कामा जारी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं सम्मेलनमा भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उहाँले सो धारणा राख्नुभएको हो ।

प्रधानमन्त्री देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने धारणा राख्नुभयो ।

उहाँले दिगो विकास र शान्तिको लागि बिमस्टेक सहित निजी साझेदारको आवश्यकतामा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने धारणा राख्नुभयो ।

नेपालले दिगो विकास लक्ष्यलाई पूरा गर्नुपर्ने धारणा राख्नुहुँदै भर्खरै मात्र अल्पविकसित देशबाट माथि उठेको देश नेपाललाई यो लक्ष्य महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले बिमस्टेकलाई नयाँ प्रतिबद्धतासहित नयाँ जीवन दिनका लागि सबै सदस्य राष्ट्रहरु शक्तिलाई केन्द्रीकृत गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले बिमस्टेकको प्रक्रिया अगाडि बढाउनको लागि पहिलेजस्तै नेपाल प्रतिबद्ध रहेको धारणा दोहो¥याउनुभयो ।

उहाँले गौतम बुद्धको देश नेपालमा गौतम बुद्ध सर्किट निर्माण गरेर अग्रगामी र एकीकृत बिस्टेकलाई बनाउन सकिने धारणा राख्नुहुँदै भन्नुभयो, हामीले बुद्धदर्शन (धर्म)लाई बलियो समन्वयात्मक शुत्रको रुपमा प्रर्वद्धन गर्नु आवश्यक छ ।