७ मंसिर, २०८१ शुक्रबार

08:08:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर लिलामी बिक्री खुला, कति दिने आवेदन ?

१६ चैत, २०७८

लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले चैत्र १६ गतेदेखि चैत्र २४ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर लिलामी बिक्री खुला, कति दिने आवेदन ?

काठमाडौं ।  कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आज (चैत्र १६ गते बुधबार) देखि हकप्रद सेयर लिलामी बिक्री खुल्ला गरेको छ । बैंकले गत माघ ७ गतेदेखि फागुन १३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको १ लाख २० हजार १२० कित्ता सेयर बैंकले लिलामीमा बिक्री खुला गरेको हो ।

उक्त लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले चैत्र १६ गतेदेखि चैत्र २४ गतेसम्म  बोलपत्र पेस गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त सेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ ।  लगानीकर्ताले सिभिल क्यापिटल लिमिटेड, सुन्धारन–काठमाडौं, सिभिल बैंकको शाखा कार्यालयहरु नेपालगंज, विराटनगर, पोखरा, सुर्खेत, बिरगंज धनगढीबाट र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय तथा शाखा कार्यालयहरूबाट बोलपत्र पेस गर्न सक्नेछन् ।