७ मंसिर, २०८१ शुक्रबार
07:33:02 PM
१६ चैत, २०७८
बैंकले प्रतिकित्ता १ हजार रूपैयाँ अंकित दरमा २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
काठमाडौं ।
प्राईम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आज (चैत्र १६ गते बुधबार) देखि आवेदन दिन सकिने छ । बैंकले ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गरेको हो । उक्त ऋणपत्रको अवधि १० वर्ष रहनेछ।
बैंकले प्रतिकित्ता १ हजार रूपैयाँ अंकित दरमा २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५ लाख कित्ता र सर्वसाधारणका लागि १० लाख कित्ता बिक्री गर्नेछ ।
सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । लगानीकर्ताले उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मको लागि छिटोमा चैत्र २१ गते र ढिलोमा चैत्र ३० गतेसम्म आवेदन दिन सकिनेछ ।
बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरूले आरबीबी मर्चेन्ट बैकिङ्ग, प्राईम कमर्सियल बैंक तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।