७ मंसिर, २०८१ शुक्रबार

08:08:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

१५ चैत, २०७८

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११४ वटा एटीएम सञ्चालनमा रहेका छन्।

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं ।
सानिमा बैंकको गोकर्णेश्वर कार्यालयद्वारा सञ्चालित ग्लोबल मनी विक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर कार्यालयले बौद्ध, काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

शान्ति फाउन्डेसन गैर सरकारी संस्था जसले महिलाहरुलाई सचेतना र सहायता दिने विभिन्न कार्यहरु गर्दछ । उक्त कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बैंकको महत्व, बैंकिङ्ग सेवाहरु, डिजिटल बैंकिङ्ग सेवा र यसको महत्वहरु, क्यूआर कोड र डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु समावेश गरिएको थियो ।  सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११४ वटा एटीएम सञ्चालनमा रहेका छन्।