३ जेठ, २०८१ बिहिबार

07:31:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युनिग्लोब कलेजको आयोजनामा ‘नवौँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन–२०२२’ हुँदै

१५ चैत, २०७८

युनिग्लोब कलेजको आयोजनामा  ‘नवौँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन–२०२२’ हुँदै

काठमाण्डौं–युनिग्लोब कलेजले ‘नवौँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन–२०२२’ आयोजना गर्ने भएको छ ।

कलेजले ‘इनोभेशन एण्ड सस्टेनेबिलिटी इन बिजनेश–२०२२’ नारा सहित  अप्रिल ६ र ७ मा ‘नवौँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन–२०२२’ हुने जानकारी दिएको हो । 

दुई दिन चल्ने सम्मेलनमा कोेभिडका कारणले विश्वका आर्थिक क्षेत्रमा परेको प्रभाव र चुनौतीका बारेमा चर्चा गरिने आयोजकले जनाएको छ । 

आयोजकका अनुसार ‘टेक्निकल सेशन’ ८ वटा रहेका छन् । जसका विषयहरु मानव संसाधन व्यवस्थापनमा समस्या र चुनौतीहरू, मार्केटिङ व्यवस्थापन मुद्दा र चुनौतीहरू, व्यवस्थापकीय मुद्दा र चुनौतीहरू, कर्पोरेट गभर्नेन्स र वित्तीय व्यवस्थापन मुद्दा र चुनौतीहरू, मानव संसाधन व्यवस्थापनमा समसामयिक मुद्दाहरू र चुनौतीहरू, मार्केटिङ व्यवस्थापनमा समस्याहरू, व्यवस्थापनमा समसामयिक समस्या र चुनौतीहरू, कर्पोरेट गभर्नेन्स र वित्तीय व्यवस्थापनमा समसामयिक मुद्दाहरू र बदलिँदो विश्व व्यवस्थाको परिप्रेक्ष्यमा विदेशी मुलुकसँग नेपालको सम्बन्ध रहेका छन् ।

यस सम्मेलनमा बंगलादेश, क्यानडा, फ्रान्स, भारत, जापान, मलेसिया, साउथ अफ्रिका, श्रीलंका, थाइल्याण्ड, युके र अमेरिकाबाट वक्ताहरु आउने आयोजकले जनाएको छ । 

यस्तै विभिन्न देशबाट आउनुभएका वक्ताहरुसँग भेट्न र नेटवर्किङका बारेमा जानकारी लिन अवसर पनि सम्मेलनले प्रदान गर्नेछ । कलेजले विगत ८ वर्षदेखि यस्ता सम्मेलन गर्दै आएको छ ।