७ मंसिर, २०८१ शुक्रबार

08:14:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मञ्जुश्री फाइनान्स र सबैको लघुवित्तको बोनस सेयर सेयधनीहरुको डिम्याट खातामा जम्मा

१५ चैत, २०७८

मञ्जुश्री फाइनान्सले पुस २९ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाले ४० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

मञ्जुश्री फाइनान्स र सबैको लघुवित्तको बोनस सेयर सेयधनीहरुको डिम्याट खातामा जम्मा

काठमाडौं ।
मञ्जुश्री फाइनान्स, सबैको लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ ।  मञ्जुश्री फाइनान्सले पुस २९ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाले ४० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही बोनस सेयर फाइनान्सले पुस १४ गतेसम्म अभौतिक शेयर धारण गरेका सेयरधनीहरुको खातामा जम्मा गरेको हो ।

त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३ गते सम्पन्न लघुवित्तको पाँचौँ वार्षिक साधारण सभाले ३१.०५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।  सोही बोनस सेयर मंसिर १६ गतेसम्म कायम सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो । यी दुबै कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।