१ मंसिर, २०८१ शनिबार

11:09:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फ्यान्टा एप्पल नेपाली बजारमा

Nepal Business

१५ चैत, २०७८

फ्यान्टा एप्पल नेपाली बजारमा

काठमाण्डौं–कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सुचीमा नयाँँ उत्पादन ‘फ्यान्टा एप्पल’ नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले विज्ञप्तीमार्फत ‘फ्यान्टा एप्पल’ नेपाली बजारमा ल्याएको जानकारी दिएको हो । 

कम्पनीले नयाँँ स्वादसँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ । जसले उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको दावी छ। 

यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा हो जसमा डिजिटल भिडियोहरू, प्रिन्ट विज्ञापनहरू र आउट अफहोम समावेश छन् ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, ‘ नयाँँ फ्यान्टा एप्पलले दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्छ । नेपाली उपभोक्ताहरुले यसलाई मन पराइदिनुहुनेछ भन्ने कुरामा हामी उत्साहि छौँ ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो, ‘हामी उपभोक्ताहरूको बदलिँदो स्वाद र रोजाइ अनुसार उहाँहरुलाई रिफ्रेश रहिरहनको लागि थप विकल्पहरू दिन सँधै प्रयासरत छौँ । हाम्रा खुद्रा विक्रेताहरू पनि फ्यान्टा एप्पललाई उपभोक्ताहरु मझ पु¥याउन निकै उत्साहित हुनुहुन्छ ।’

यो सँगै नेपालमा अब फ्यान्टाको ‘ओरेन्ज र एप्पल’ गरी २ वटा फ्लेभर उप्लब्ध हुनेछ । फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध छ ।