३ जेठ, २०८१ बिहिबार

05:55:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

औद्योगिक क्षेत्रमा ८ घण्टा लोडसेडिङ, भारतबाट विद्युत प्राप्त भएन

Nepal Business

१५ चैत, २०७८

३८ रुपैयाँ बोलकबोल गर्दासमेत विद्युत् उपलब्ध गर्न नसकेपछि तत्कालिका लागि ८ घण्टा लोडसेडिङ गर्नुपरेको हो ।

औद्योगिक क्षेत्रमा ८ घण्टा लोडसेडिङ, भारतबाट विद्युत प्राप्त भएन

काठमाडौं । भारतीय इनर्जी एक्सचेन्ज आइइएक्स बजारबाट विद्युत् उपलब्ध नहुँदा नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा आपत्कालीन लोडसेडिङ सुरु गरेको छ ।

प्राधिकरणका अनुसार प्राधिकरणले प्रतियुनिट २० रुपैयाँ भारु र अन्य शुल्कसहित ३८ रुपैयाँ बोलकबोल गर्दासमेत विद्युत् उपलब्ध गर्न नसकेपछि तत्कालिका लागि ८ घण्टा लोडसेडिङ गर्नुपरेको हो ।

विद्युत् प्राप्त नभएपछि उद्योगहरूमा अधिकतम आठ घण्टासम्म विद्युत् कटौती भएको छ । यो आपत्कालीन लोडसेडिङ भएको र विद्युत् प्राप्त हुनेबित्तिकै उद्योगलाई पनि उपलब्ध गराउने प्राधिकरणले जनाएको छ ।