७ मंसिर, २०८१ शुक्रबार
12:50:21 PM
१४ चैत, २०७८
काठमाण्डौं–वैदेशिक रोजगारीमा जाने श्रमिकबाट ठगिएको दुई करोड ६० लाख रुपैयाँ फिर्ता गरिएको छ ।
सोमबार पत्रकारसम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले फागुन महिनामा मात्रै दुई करोड ६० लाख रुपैयाँ पिडितलाई फिर्ता गरिएको बताउनुभएको हो ।
अनुसन्धानका क्रममा ४ करोडभन्दा बढि ठगी भएको पाइएकाले सो रकम पनि छिट्टै फिर्ता गर्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रमक लिई ठगेको सूचना आएको मेनपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याइएको छ ।’
यस्तै उहाँले श्रमिक तथा कामदारलाई अलपत्र पार्ने जो सुकै संस्था तथा व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाहीको दायरामा ल्याउने र पिडितलाई न्याय दिलाउन मन्त्रालयमा ‘कल सेन्टर’ तथा वैदेशिक रोजगारसम्बन्धी सुनुवाई कक्ष सञ्चालन गरिएको बताउनुभयो ।
यसैगरी नेपालका धेरै टेड युनियनका अग्रज तथा नेताहरुको श्रम आयोगका विषयमा असाध्यै चासो र माग भएकाले छिटोभन्दा छिटो अध्ययन गरेर श्रम आयोग गठन गर्ने पनि उहाँले बताउनुभयो ।
उहाँका अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारलाई बिना झन्झट सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
वैदेशिक रोजगार सम्बन्धी समस्या हेर्ने छुट्टै प्रहरी एकाई गठन गर्ने तयारी भइरहेको र अहिले प्रहरी नायब उपरिक्षकको नेतृत्वमा प्रहरी युनिट स्थापना गरिएको बताउनुभयो ।
‘गुनासोलाई तत्काल निराकरण गर्न तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा समन्वयका लागि ¥यापिड रेसपोन्स टिम गठन गरिएको छ’, उहाँले भन्नुभयो ।