१ मंसिर, २०८१ शनिबार

12:06:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा साल्ट ट्रेडिङ्गको सेयरमूल्य समायोजन

१४ चैत, २०७८

नेप्सेले साल्ट ट्रेडिङ्ग कर्पोरेशन कम्पनीको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४ हजार ६ सय ८३ रूपैयाँ ६४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेमा साल्ट ट्रेडिङ्गको सेयरमूल्य समायोजन

काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले साल्ट ट्रेडिङ्ग कर्पोरेशन कम्पनीको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४ हजार ६ सय ८३ रूपैयाँ ६४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५ हजार १ सय ५२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । कम्पनीले ५५औँ वार्षिक साधारण सभा चैत्र ३० गते बिहान ११ बजे बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरि कूल १०.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका एजेण्डा पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (चैत १४ गते) सम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।