७ मंसिर, २०८१ शुक्रबार

06:46:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बोनसमा लाग्ने कर तिर्न सेयरधनीलाई प्राइम बैंकको आग्रह, नतिरे के हुन्छ ?

१४ चैत, २०७८

आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई १६% बोनस सेयर पारित गरिएको थियो र ०.६३१३% नगद लाभाशं विगतका आर्थिक वर्षहरूका बोनस सेयरहरूमा लाग्ने कर प्रयोजनार्थ छुट्टयाइएको थियो ।

बोनसमा लाग्ने कर तिर्न सेयरधनीलाई प्राइम बैंकको आग्रह, नतिरे के हुन्छ ?

काठमाडौं ।
प्राइम बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।  बैंकले एक सूचना प्रकाशन गर्दै बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

पुस ६ गते सम्पन्न बैंकको १४औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई १६% बोनस सेयर पारित गरिएको थियो र ०.६३१३% नगद लाभाशं विगतका आर्थिक वर्षहरूका बोनस सेयरहरूमा लाग्ने कर प्रयोजनार्थ छुट्टयाइएको थियो ।

उक्त बोनस सेयर सुचिकरण भए पश्चात् कर दायित्व बाँकी नरहेका सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको तथा विगत आर्थिक वर्षहरूको कर दायित्व बाँकी भएका सेयरधनीहरूले सो कर रकम भुक्तनी गरे पश्चात् सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिने बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ को नगद लाभांशबाट विगत आर्थिक वर्षहरूको कर रकम असुल गरी बाँकी रकम मात्र वितरण गरिने बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख छ । २०७६ साल फागुन २९ गते प्राइम कमर्सियल बैंक लिमिटेडले साविक कैलाश विकास बैंकलाई प्राप्ती गरेको हुँदा २०७६ साल फागुन २८ सम्म कायम रहेका सेयरधनीहरूको कायम रहेको सेयर संख्यामा आर्थिक वर्ष २०७७/७८ को वितरण हुने बोनस सेयर तथा नगद लाभाशंमा मात्र कर छुट हुने तथा गाभिएको मिति पश्चात् खरिद गरेका सेयरधनीहरूको हकमा आर्थिक वर्ष २०७७/७८ को वितरण गरिने नगद लाभांश पर्याप्त नभएका सेयरधनीहरूले सो नपुग बराबरको रकम एवं विगत आर्थिक वर्षहरूको कर दायित्व बाँकी भएका सेयरधनीहरूले सो कर रकम बैंकको खातामा जम्मा गरी अथवा इसेवामार्फत रकम जम्मा गरे पश्चात् मात्र बोनस सेयर हितग्राही खातामा आउने जानकारी पनि बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

बैकले इसेवामार्फत कर जम्मा गर्दा सेयरधनी नम्बर, सेयरधनीको नाम, सेयरको प्रकार र भुक्तानी गरिने करको सम्बन्धित आर्थिक वर्ष समेत उल्लेख गरी कर तिर्न अनुरोध गरिएको छ । साथै कर तिरिसकेपछि सूचनामा उल्लेख गरेको बैंकले दिएको फोन नम्बर वा इमेल आइडीमा खबर गर्न समेत सुचित गरिएको छ ।