७ मंसिर, २०८१ शुक्रबार
06:38:51 PM
१४ चैत, २०७८
लगभग १ हजार जना कर्मचारी भएको बैंकमा दूध चिया बनाउनका लागि मासिक ४० लाखको हाराहारीमा दूध खरिदमा खर्च हुने गरेको पाइन्छ ।
काठमाण्डौं । पछिल्ला दिनहरुमा बैंक तथा वित्तीयसंस्थाहरुमा तरलता संकट र आम्दानीको उपयोग परिचालन सम्बन्धि नयाँ नयाँ उपायहरुको खोजीमा नेपाल राष्ट्र बैंक लागेको छ । बैंकहरुले आफ्नो आम्दानीबाट कहाँ कहाँ खर्च गरिरहेका छन् र कतिपय खर्चमा कटौतीका उपाय खोजी गर्न थालेका छन् । यसै क्रममा कतिपय बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी तथा सेवाग्राहीलाई खुवाउने चियामा समेत कटौति गर्न थालेको भेटिएको छ ।
अधिकांश वाणिज्य बैंक तथा विकास बैंकहरुले खर्चमा कमि ल्याउनको लागि कर्मचारीहरुलाई दैनिक उपलब्ध गराउने चियामा समेत लगाम लगाउन थालेका छन् । सो क्रममा कालोचिया सीमित कप मात्र उपलब्ध गराउने र दूध चिया बन्द गर्ने क्रम बढ्दै गएको छ ।
नेपालका बैंक तथा वित्तीय संस्थाले १ वर्ष दूध चिया कर्मचारीलाई नदिदा वार्षिक २० करोडभन्दा बढी बचत गर्नसक्ने आश्चर्यजनक तथ्यांक देखिन्छ ।
बैंकरहरुका अनुसार अहिले स्वास्थ्यलाई पनि राम्रो नगर्ने भन्ने तर्क अगाडि सार्दै अधिकांश बैंक तथा वित्तीय संस्थामा ‘दूध चिया’ बन्द गरिएको छ । कुनै कर्मचारीलाई दूध चिया नै पिउने बानी छ भने उसले आफैं दूध ल्याउनुपर्ने वा बाहिर गएर चिया पिउनुपर्ने बाध्यात्मक अवस्था बनेको छ ।
दूध चिया कर्मचारीलाई दिन बन्द गरेका केही बैंकका सीइओहरुसँगको कुराकानीको क्रममा निकै रोचक तथ्य समेत आएको छ । सुन्दा अचम्म लाग्ने तर वास्तविकतामा सत्य दूध चिया बन्दगर्दा वार्षिक २० करोड रुपैयाँ बचत हुने देखिएको छ । दूध चिया वितरण नगर्दा निकै ठूलो बचत हुने देखिन्छ।
लगभग १ हजार जना कर्मचारी भएको बैंकमा दूध चिया बनाउनका लागि मासिक ४० लाखको हाराहारीमा दूध खरिदमा खर्च हुने गरेको पाइन्छ । त्यसैगरी दूधको चिया उपभोग नगर्ने १ हजार जना भएकै बैंकमा मासिक ३ लाखको खर्चले भ्याउने बाणिज्य बैंक स्रोतले बताउँछ ।
हाल नेपालका वाणिज्य बैंकहरुमा मात्रै ३७ हजार बढी कर्मचारी कार्यरत छन् । यि कर्मचारीहरुले दूध चिया नखाएदेखि वार्षिक १३ करोडको हाराहारीमा बचत हुने देखिन्छ । तर यसमा विकास बैंकका कर्मचारीहरुको हिसाब गरिएको छैन ।
नेपालका बैंक तथा वित्तीय संस्थाले १ वर्ष दूध चिया कर्मचारीलाई नदिदा वार्षिक २० करोडभन्दा बढी बचत गर्नसक्ने आश्चर्यजनक तथ्यांक देखिन्छ । तर, पनि कतिपय बैंकरहरुले खर्च कटौतिका नाममा दूध चिया नै नदिने निर्णय ठीक नभएको दाबी गरेका छन् ।