७ मंसिर, २०८१ शुक्रबार

06:55:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले बढ्दा कतिले बढ्यो कर्जा लगानी ?

१४ चैत, २०७८

वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले बढ्दा कतिले बढ्यो कर्जा लगानी ?

काठमाडौं ।
चैत ५ गतेदेखि चैत ११ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार चैतको ५ गतेदेखि चैत ११ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँले बढेको छ ।

योसँगै कुल निक्षेप ४३ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। गत चैत ४ गतेसम्म कुल निक्षेप ४३ खर्ब २८ अर्ब रुपैयाँ रहेको थियो। यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि २ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल कर्जा लगानी ४१ अर्ब ७० अर्ब रुपैयाँ पुगेको छ। गत चैत ४ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो।

चैत महिनाको सुरु देखि अहिलेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ३ अर्ब रुपैयाँले घटेको छ । त्यस्तै, वाणिज्य बैंकहरुको लगानी २ अर्ब रुपैयाँले घटेको छ।  गत फागुन मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ र कर्जा लगानी ४१ खर्ब ७२ अर्ब रुपैयाँ रहेको थियो।