७ मंसिर, २०८१ शुक्रबार
06:54:50 PM
१४ चैत, २०७८
आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरी आन्तरिक ऋण उठाउन लागेको हो । आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
ट्रेजरी बिलको बोलकबोल भोलि चैत १४ गते मंगलबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ वैशाख १३ गते परिपक्व हुनेछ ।
यसैगरी राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ असार १४ गते परिपक्व हुनेछ । त्यस्तै राष्ट्र बैंकले १८२ दिनका लागि ३ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ । यो ट्रेजरी बिल २०७९ असोज ११ गते परिपक्व हुनेछ ।
साथै, राष्ट्र बैंकले ३६४ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ चैत १४ गते परिपक्व हुनेछन् । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।