२१ बैशाख, २०८१ शुक्रबार

06:35:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पुष्प मेलामा १ करोडभन्दा बढिको कारोबार

१४ चैत, २०७८

पुष्प मेलामा १ करोडभन्दा बढिको कारोबार

काठमाण्डौं–फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा भएको २३ औँ पुष्प मेलामा एक करोड २ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले ४ दिनको पुष्प मेलामा अपेक्षाभन्दा राम्रो कारोबार भएको बताउनुभयो ।

मेलामा ४५ हजार अवलोकनकर्ता र ७५ लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको थियो ।

उहाँका अनुसार अवलोकनकर्ता अपेक्षा अनुसार भए पनि कारोबार भने अपेक्षाभन्दा बढि नै भएको छ । 

मेलाको पहिलो दिन (चै १० गते) २१ लख ५० हजार रुपैयाँको कारोबार भएको थियो भने ८ हजार २ सयले अवलोकन गरेका थिए ।

दोस्रो दिन २७ लाख रुपैयाँको कारोबार भएको थियो भने ११ हजार ८ सयले अवलोकन गरेका थिए । 

यस्तै तेस्रो दिन ३५ लाख ८० हजारको कारोबार हुँदा १७ हजारले अवलोकन गरेका थिए भने मेलाको अन्तिम दिन १८ लाख ५० हजार रुपैयाँको कारोबार हुँदा १० हजारले अवलोकन गरेका थिए । 

अध्यक्षय तामाङले पुष्प व्यवसाय अगाडि बढाउन यस्ता मेलाहरु गर्नुपर्ने बताउनुभयो । कोरोना महामारीका कारण २ वर्ष पुष्प मेला रोकिएको थियो ।

पुष्प मेला चैत १० देखि सुरु भएर १३ गतेसम्म सञ्चालन भएको थियो । मेलामा ५१ वटा स्टल रहेका थिए भने मेलाको तयारीका लागि ३२ देखि ५३ लाख रुपैयाँसम्म खर्च भएको अध्यक्ष तामाङले बताउनुभयो ।

मेला अवलोकन गर्न आउने सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको थियो ।