१७ कार्तिक, २०८१ शनिबार

11:15:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेष्डो समृद्ध लघुवित्तको कतिमा भयो पहिलो कारोबार ?

१४ चैत, २०७८

स्पेशल प्रि ओपनिङ्ग सेसनमा लघुवित्त कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ७४७ रुपैयाँ ७० पैसामा भएको छ ।

नेष्डो समृद्ध लघुवित्तको कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं ।
आज (चैत १४ गते सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ । स्पेशल प्रि ओपनिङ्ग सेसनमा लघुवित्त कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ७४७ रुपैयाँ ७० पैसामा भएको छ ।

लघुवित्तको सेयर चैत १४ गते, आइतबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारका लागि न्युनतम २ सय ६० रूपैयाँ ८४ पैसादेखि अधिकतम ७ सय ८२ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो । सोही कारोबार रेञ्जको आधारमा सोमबार लघुवित्तको पहिलो कारोबार भएको हो ।  कम्पनीले कारोबारका लागि NESDO सिम्बोल पाएको छ ।