१ मंसिर, २०८१ शनिबार

01:04:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

१४ चैत, २०७८

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

काठमाडौं ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १४ गते सोमबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

कम्पनीले ५५औँ वार्षिक साधारण सभा चैत्र ३० गते बिहान ११ बजे बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरि कूल १०.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका एजेण्डा पनि पारित गर्नेछ।