७ मंसिर, २०८१ शुक्रबार

06:58:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कतिमा होला दोस्रो बजार नेष्डो समृद्ध लघुवित्तको पहिलो कारोबार ?

१४ चैत, २०७८

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम २ सय ६० रूपैयाँ ८४ पैसादेखि अधिकतम ७ सय ८२ रुपैयाँ ५२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

कतिमा होला दोस्रो बजार नेष्डो समृद्ध लघुवित्तको पहिलो कारोबार ?


काठमाडौं ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) आज (चैत १४ गते सोमबार) देखि दोस्रो बजार कारोबार सुरु हुने भएको छ । कम्पनीको आईपीओ चैत १३ गते आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचिकृत भएको थियो ।  नेप्सेमा कम्पनीको २५ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम २ सय ६० रूपैयाँ ८४ पैसादेखि अधिकतम ७ सय ८२ रुपैयाँ ५२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कम्पनीले कारोबारका लागि NESDO सिम्बोल पाएको छ ।