७ मंसिर, २०८१ शुक्रबार

07:15:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा बैंक र विभिन्न होटलबीच सम्झौता : सानिमाको कार्ड प्रयोग गर्नेलाई उच्चस्तरीय होटलमा २० प्रतिशतसम्म छुट

Nepal Business

१३ चैत, २०७८

उक्त बैंकको देशभर सातै प्रदेशमा १२६ कार्यालय तथा ११४ एटिएम सञ्चालन मा रहेको छ

सानिमा बैंक र विभिन्न होटलबीच सम्झौता : सानिमाको कार्ड प्रयोग गर्नेलाई उच्चस्तरीय होटलमा २० प्रतिशतसम्म छुट

नेपाल विजनेश समाचारदाता, 
काठमाडौँ, 

सानिमा बैँकले होटल र्याडिसन, एभरेष्ट, अकामा र अलफ्ट काठमाडौँ ठमेलसँगै होटलको सेवामा छुट सुविधा गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । 

 र्याडिसन होटलमा १० प्रतिशत, द एभरेष्टमा १५ प्रतिशत, होटल अकामामा २० प्रतिशत र अलफ्ट होटल ठमेलमा १५ प्रतिशत छुट पाउने

ग्राहकहरुले सानिमा भिसा कार्ड र सानिमा सजिलो इबैंकिङ प्रयोग गरी भुक्तानी गर्दा र्याडिसन होटलमा १० प्रतिशत, द एभरेष्टमा १५ प्रतिशत, होटल अकामामा २० प्रतिशत र अलफ्ट होटल ठमेलमा १५ प्रतिशत छुट पाउने बैँकले जनाएको छ ।  ति होटलहरुमा प्रदान गरिने सेवाहरुमा छुट प्राप्त हुने छ । 

सानिमा बैंकको क्रेडिट कार्डका लागि वेब साइटबाट आवेदन दिन सकिने जनाइएको छ । उक्त बैंकको देशभर सातै प्रदेशमा १२६ कार्यालय तथा ११४ एटिएम सञ्चालन मा रहेको छ । 

बैंकको सानिमा बैंकिंग डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल शपिंग आउटलेट होटल रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । छुटको विवरण समेत साइटमा हेर्न सकिने जनाइएको छ ।