७ मंसिर, २०८१ शुक्रबार
07:14:53 PM
१३ चैत, २०७८
बैंकको स्वामित्वमा रहेको छिमेक लघुवित्तको ६ लाख ६ हजार १ सय ४० कित्ता संस्थापक सेयर र आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
काठमाडौं ।
बैंक अफ काठमाण्डूले आफ्नो स्वामित्वमा रहेको २ वटा कम्पनीको संस्थापक सेयर आज (चैत १३ गते आइतबार) देखि लिलामीमा बिक्री खुला गरेको छ । बैंक अफ काठमाण्डूले आफ्नो स्वामित्वमा रहेको छिमेक लघुवित्त र आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेका हो ।
बैंकको स्वामित्वमा रहेको छिमेक लघुवित्तको ६ लाख ६ हजार १ सय ४० कित्ता संस्थापक सेयर र आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । जसमध्ये, छिमेक लघुवित्तको मूल्य ६ सय रूपैयाँ र आरएमडीसी लघुवित्तको मूल्य ५ सय ४० रूपैयाँ तोकिएको छ ।
बैंकले यी दुवै कम्पनीको संस्थापक सेयर फागुन ५ गतेदेखि चैत ९ गतेसम्म बोलपत्र आह्वान खुल्ला गरिएको थियो । सो अबधिमा विद्यमान संस्थापकहरु बाट कुनै आवेदन नपरेकाले उक्त सेयर बैंकले लिलामीमा बिक्री खुला गरेको हो ।
सो सेयर खरिद गर्न चाहाने बिभिन्न संघसंस्था, कम्पनी र सर्वसाधारण लगानीकताले आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि वैशाख १८ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ ।
लगानीकर्ताहरुले बीओके क्यापिटल मार्केट लिमिटेड, नक्साल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।