७ मंसिर, २०८१ शुक्रबार
06:43:28 PM
१३ चैत, २०७८
बैंकका संस्थापक सेयरधनी राजिव भट्टराईले आफ्नो नाममा रहेको ९ हजार १ सय ७० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको हुनाले उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ ।
काठमाडौं ।
लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी राजिव भट्टराईले आफ्नो नाममा रहेको ९ हजार १ सय ७० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको हुनाले उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौँमा निवेदन दिन आग्रह गरेको हो ।
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नपरेमा प्रचलित कानून बमोजिम उक्त सेयर र बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।