२ जेठ, २०८१ बुधबार

06:01:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विदेशीयका युवा सीप लिएर फर्कन शिक्षा राज्यमन्त्रीको आग्रह

Nepal Business

१३ चैत, २०७८

विदेशीयका युवा सीप लिएर फर्कन शिक्षा राज्यमन्त्रीको आग्रह

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले विदेशमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली युवालाई ज्ञान र सीप लिएर स्वदेश फर्कन आग्रह गर्नुभएको छ ।

‘यस नेपाली एजुकेशन एण्ड भिसा सर्भिसेजको नेपालस्थित कार्यालयको आइतबार उद्घाटन गर्दै उहाँले दक्षता वृद्धि गरेर विदेशमै पलायन हुनुभन्दा स्वदेशमा फर्किएर समृद्धिका लागि योगदान दिन आग्रह गर्नुभएको हो ।

राज्यमन्त्री यादवले नेपाल सरकारले हरेक पालिकास्तरमा प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गरे पनि सम्बन्धित शिक्षक नपाउने अवस्थाको अन्त्यका लागि जनशक्ति उत्पादन गर्ने संस्थाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

सो संस्थाका कार्यकारी निर्देशक रोशन भट्टराईले अष्ट्रेलियामा विगत छ वर्षदेखि काम गरेको अनुभवका आधारमा नेपालमा उचित परामर्श दिन सेवा केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

सर्भिसेजले विद्यार्थी भिसा, टोफल, आइएलटिएसलगायत परामर्श सेवा दिनेछ । नेपाली विद्यार्थी उच्चशिक्षाका लागि सबैभन्दा बढी जाने गन्तव्य मुलुकमा अष्ट्रेलिया प्रमुख मानिन्छ ।