७ मंसिर, २०८१ शुक्रबार

07:16:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नयाँ सारथी लघुवित्तले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

१३ चैत, २०७८

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गतेदेखि आउँदो वैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

नयाँ सारथी लघुवित्तले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको चैत १२ गते शनिबार बसेको बैठकले वैशाख १० गते १३ औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो। उक्त सभा काभ्रेको धुलिखेलस्थित संस्थाको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत लाभांश गरी कुल २० प्रतिशत लाभांश पारित गर्ने छ ।  साथै, सभाले एफपीओ निष्कासनका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, एफपीओ र बोनस सेयर जारीपछि संस्थाको पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत प्रस्ताव पारित गर्ने छ ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गतेदेखि आउँदो वैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार चैत २२ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा सहभागि हुन पाउनेछन् ।