७ मंसिर, २०८१ शुक्रबार

12:59:34 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गैरआवासीय नेपालीका ज्ञान, सीप र पूँजीलाई उपयोग गर्न राष्ट्रपतिको आग्रह

Nepal Business

१२ चैत, २०७८

नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउन गैरआवासीय नेपालीले खेलेको भूमिकाको प्रशंसा

गैरआवासीय नेपालीका ज्ञान, सीप र पूँजीलाई उपयोग गर्न राष्ट्रपतिको आग्रह

काठमाडौँ,

राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गर्नुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को १०औँ विश्व सम्मेलनलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउन गैरआवासीय नेपालीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

 उहाँले भन्नुभयो, “तपाईहरुले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्दै मुलुकको पर्यटकीय प्रचारप्रसार गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, मातृभूमिको पहिचानलाई विश्वभर फैलाउन र नेपालको समृद्धिका लागि खेलेको भूमिकाको म प्रशंसा गर्दछु ।”

राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारी, विनाशकारी भूकम्प जस्ता विपद् र अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गरेर एनआरएनएले आफ्नो भूमिका बढाएको र यो क्रमलाई  अझ निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो । 

गृहमन्त्री बालकृष्ण खाँणले गैरआवासीय नेपालीले स्वदेशमा रोजगारी सिर्जना, लगानी वृद्धि र मानवीय सहयोगमा सकारात्मक भूमिका खेलेको बताउनुभयो । उहाँले नेपाल सरकार सदैव एनआरएनको साथ र समर्थनमा रहने विश्वास पनि व्यक्त गर्नुभयो ।