७ मंसिर, २०८१ शुक्रबार
01:06:22 PM
१२ चैत, २०७८
मन्त्री रेग्मीले समाज परिवर्तनका लागि समर्पित समाजसेवीहरू आवश्यक रहेको र यस्ता कार्यक्रमले उहाँहरूलाई अझै सेवाभावमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
काठमाण्डौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाज परिवर्तनका लागि समाजसेवीहरूको खाँचो रहेको बताउनुभएको छ ।
सिजन मिडियाद्वारा शनिबार राजधानीमा आयोजित दोस्रो नेशनल सोसल वेलफेयर अवार्ड २०२१ वितरण समारोहमा बोल्दै उहाँले आफ्नै बाबुआमा तथा छोराछोरीलाई सडकमा पु¥याउनेजस्ता मानवता हराइरहेका क्रियाकलाप देखिएकाले समाज परिवर्तनका लागि समाजसेवीहरूकोे खाँचो रहेको बताउनुभएको हो ।
मन्त्री रेग्मीले समाज परिवर्तनका लागि समर्पित समाजसेवीहरू आवश्यक रहेको र यस्ता कार्यक्रमले उहाँहरूलाई अझै सेवाभावमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, समाजमा हत्या, हिंसा भइरहेको तथा आफैँलाई जन्म दिने बाबुआमालाई सडकमा पु¥याउने र आफूले पाएका छोराछोरीलाई सडक चौतारीमा पठाउने अवस्था रहेको देखिन्छ, यो मानवता हराइरहेको अवस्थामा धेरै समाजसेवीहरू आउन जरुरी छ । उहाँले आफ्नो सुख, समय र कमाइ काटेर समाजसेवामा लागेकोप्रति धन्यवादसमेत दिनुभयो ।
मन्त्री रेगमीले समाजमा धेरै विसङ्गति र विकृतिहरू कायमै रहेकाले त्यसलाई राज्यले मात्रै लठ्ठी लगाएर रोक्न नसकिने बताउँदै जबसम्म मानिसको मानिसकतामा परिवर्तन हुँदैन तबसम्म समाज परिवर्तन हुन सक्दैन भन्नुभयो ।
प्रतिनिधित्वको हिसाबले राष्ट्रपतिमा महिला, संसद्मा एकतिहाइ महिला र स्थानीय सरकारमा ४१ प्रतिशत महिला रहेको उल्लेख गर्दै उहाँले प्रतिनिधिभन्दा नेतृत्व तहमा पुग्न जरुरी छ भन्नुभयो । घरको डाडु, पन्यू चलाउने महिला भएजस्तै राज्यको डाडु, पन्यू चलाउने ठाउँमा पनि महिला पुग्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।