८ बैशाख, २०८१ शनिबार

05:15:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ जारी

१२ चैत, २०७८

प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ जारी

काठमाण्डौं । राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले शुक्रबार राष्ट्रिय सभा गृहमा उद्घाटन गरेको प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ हाल सम्म जारी रहेको छ ।

 नेपाली अर्थतन्त्रको समसामयिक मुद्धा र समाजवाद उन्मुुख अर्थतन्त्र निर्माणको कार्यदिशा माथिको छलफल र कार्यपत्र प्रस्तुत भैरहेकोले सम्मेलन जारी रहेको हो । सम्मेलनमा देशका विद्धत अर्थशास्त्रीहरुले कार्यपत्र पेश गरिरहनु भएको छ । 

कार्यपत्र देशको अर्थतन्त्र र यसका समस्या, संभावना र चुनौतिसँग सम्बन्धित रहेको राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले जनाएको छ । दुईदिने कार्यक्रम अहिलेसम्म नटुङ्गिएको आयोजक कमिटिले बताएको छ ।