२० बैशाख, २०८१ बिहिबार

04:25:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महिलालाई एसिड प्रहार गर्ने दुई सहित ३ जना पक्राउ

Nepal Business

१२ चैत, २०७८

आफ्नै बुहारी सीता पटेल माइतीघर कलैया उपमहानगरपालिका–२३ कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका दुवैले एसिड प्रहार गरेका थिए ।

महिलालाई एसिड प्रहार गर्ने दुई सहित ३ जना पक्राउ

बारा । महिलालाई एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  महानगरपालिका–१३ श्रीपुरका रामबाबु साह र हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

  आफ्नै बुहारी सीता पटेल माइतीघर कलैया उपमहानगरपालिका–२३ कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका दुवैले एसिड प्रहार गरेका थिए । 

यसैगरी बाराबाट प्रहरीले दुई हजार ९ सय ९० थान प्रतिबन्धित लागुऔषधसहित एक जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको पर्सा गाउँपालिका–२ सङ्ग्रामपुर बस्ने वर्ष २० को मिथिलेशकुमार मण्डल रहेका छन् ।

सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना७ख २६८१ नंको सुपर राजेश डिलक्स यात्रुबाहक बस रोकी जाँच गर्दा उक्त बसको पछाडि डिकीमा लुकाइ ल्याएको डाइजेपाम ९९७ थान, फेनारगन एक हजार थान र नुर्फिन ९८६ थान बरामद गरिएको थियो ।