२६ जेठ, २०८२ आइतबार

02:59:10 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने नेपालको प्रतिबद्धता

Nepal Business

११ चैत, २०७८

पारस्परिक विकासका लाभ सुरक्षित गर्न आप्रवासीको योगदानलाई अधिकतम बनाउने तथा गन्तव्य देश, क्षेत्रीय परामर्शदात्री समूहका साथै अन्य निकायसँगको साझेदारी र सहयोग अपरिहार्य

सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ,

नेपालले सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

परराष्ट्रमन्त्री डा नारायण खड्काले विहिबार मोरक्कोको रबातमा ‘हाइब्रिड’ ढाँचामा सम्पन्न सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन (जिसीएम) सम्बन्धी ‘ग्लोबल कम्प्याक्ट’ देशहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

आफ्नो पूर्व रेकर्ड गरिएको सम्बोधनमा उहाँले जिसीएममा नेपालको प्रतिबद्धतालाई जोड दिँदै पारस्परिक विकासका लाभ सुरक्षित गर्न आप्रवासीको योगदानलाई अधिकतम बनाउने तथा गन्तव्य देश, क्षेत्रीय परामर्शदात्री समूहका साथै अन्य निकायसँगको साझेदारी र सहयोग अपरिहार्य भएको बताउनुभयो ।

परराष्ट्रमन्त्री खड्काले सन् २०१८ मा जिसीएमको अनुमोदन अन्तर्राष्ट्रिय आप्रवासनमा ऐतिहासिक कोशेढुङ्गा भएको बताउँदै त्यसका बहुआयामिक पक्षलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोगको लागि रूपरेखा कोरोको उल्लेख गर्नुभयो ।