१६ बैशाख, २०८१ आइतबार

09:37:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गण्डकीमा कोरोना प्रभावित व्यवसायीका लागि ‘व्यवसाय जीवनरक्षा कोष’

११ चैत, २०७८

कोषको कार्यान्वयनलाई सहज बनाउन कार्यविधिमा संशोधन गरी यसवर्षदेखी ‘क’ वर्गका वाणिज्य बैंकहरुसहित ‘ख’ वर्गका विकास बैंकहरूबाट समेत कर्जा प्रवाह गरिने

गण्डकीमा कोरोना प्रभावित व्यवसायीका लागि ‘व्यवसाय जीवनरक्षा कोष’

गण्डकी,

गण्डकी प्रदेश सरकारले कोरोनाबाट प्रभावित व्यवसायीलाई राहत प्रदानका लागि ‘व्यवसाय जीवनरक्षा कोष’ लाई यस वर्ष पनि निरन्तरता दिने भएको छ ।

कोरोनाबाट प्रभावित बनेका पर्यटन, यातायात, कृषि तथा सेवा क्षेत्रका  साना तथा मझौला उद्यमी व्यवसायीलाई जीवन्त राख्न र अर्थतन्त्रको पुनरुत्थानका लागि निव्र्याजी कर्जा दिने गरी सुरु गरिएको सो कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिइएको अर्थमन्त्री रामजीप्रसाद बरालले बताउनुभयो ।

कोरोनाबाट प्रभावित बनेका पर्यटन, यातायात, कृषि तथा सेवा क्षेत्रका  साना तथा मझौला उद्यमी व्यवसायीलाई जीवन्त राख्न र अर्थतन्त्रको पुनरुत्थानका लागि निव्र्याजी कर्जा दिने गरी सुरु गरिएको सो कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिइएको अर्थमन्त्री रामजीप्रसाद बरालले बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घ र आइबिएन मिडिया एण्ड रिसर्च प्रालिको संयुक्त आयोजनामा शुक्रबार पोखरामा अर्थतन्त्रमा कोभिडको असर र पुनरुत्थान विषयक अन्तरक्रियामा उहाँले कोषको कार्यान्वयनलाई सहज बनाउन कार्यविधिमा संशोधन गरी यसवर्षदेखी ‘क’ वर्गका वाणिज्य बैंकहरुसहित ‘ख’ वर्गका विकास बैंकहरूबाट समेत कर्जा प्रवाह गरिने जानकारी दिनुभयो ।

प्र्रदेश सरकारले पर्यटन क्षेत्रमा सीपयुक्त मजदुरलाई राहत प्याकेजको माध्यमबाट संरक्षण गर्ने योजना बनाएको बताउँदै भन्नुभयो, “कोरोनाबाट थलिएको पर्यटन माथि उठाउन सीपयुक्त कामदारलाई राज्यको तर्फबाट राहत प्याकेज ल्याउने योजनामा सरकार छ ।” 

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले कोभिडबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उकास्ने गरी काम गर्नुपर्ने बताउनुभयो । मूल्य वृद्धि हुँदा बजार अनियन्त्रित भएको बताउँदै उहाँले सरोकारवालाहरुले नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक नेतृत्वले निजी क्षेत्रको मनोबल उकास्ने गरी काम गर्नुपर्ने भन्दै मुल्मीले जीवन रक्षा कोषको कार्यक्रममा साना व्यवसायीको पहुँच वृद्धि गर्न आग्रह गर्नुभयो । 

प्रा डा रेशम थापाले कोभिडको असर विश्वव्यापी परेपनि एशियामा झन् बढी रहेको चर्चा गर्दै नेपाललाई थप पाँच वर्ष गरिबीतिर धकेलेको बताउनुभयो । उहाँले पाँच लाख जनालाई प्रत्यक्ष र सात लाखलाई अप्रत्यक्ष गरी १२ लाखलाई रोजगारी दिएको पर्यटन क्षेत्र पूर्ण क्षमतामा आउन अझै समय लाग्ने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धन गरी अर्थतन्त्रको पुनरुत्थानमा ध्यान दिनुपर्ने बताउनुभयो ।

अर्थशास्त्री प्राडा लेखनाथ भट्टराईले गरिब विपन्न परिवारलाई वर्षमा १०० दिन रोजगारी दिएर भए पनि जनताको जीवनस्तर उकास्न सकिने बताउनुभयो । कोरोनाको प्रभाव पर्यटन, यातायात र निर्माण क्षेत्र बढी परेको उल्लेख गर्दै कोभिडका कारण नेपालको अहिलेको १८ प्रतिशत निरपेक्ष गरिबी २३ प्रतिशतसम्म पुग्ने सक्ने आकलन गर्नुभयो । 

सङ्घका अध्यक्ष नारायण कोइरालाले आयातमुखी अर्थतन्त्रलाई अब निर्यातमूखी र आयात कम गरी उत्पादनमा लगाउन राज्यले निजी क्षेत्रलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।