८ बैशाख, २०८१ शनिबार

08:17:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थतन्त्र सुधारका कुरा ठूला, काम कम : अर्थमन्त्री भन्नुहुन्छ-आर्थिक वृद्धिमैत्री बन्न सकेनौं

११ चैत, २०७८

अर्थशास्त्री सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले नीतिगत सुधारहरु नहुँदा पनि विकासले गति लिन नसकेको हो भन्नु भयो ।

अर्थतन्त्र सुधारका कुरा ठूला, काम कम : अर्थमन्त्री भन्नुहुन्छ-आर्थिक वृद्धिमैत्री बन्न सकेनौं

केशव आचार्य । 

काठमाण्डौं । राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले शुक्रबार राष्ट्रिय सभा गृहमा प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ आयोजना गरेको छ । नेपाली अर्थतन्त्रको समसामयिक मुद्धा र समाजवाद उन्मुुख अर्थतन्त्र निर्माणको कार्यदिशा माथिको छलफल र कार्यपत्र प्रस्तुत सहितको सम्मेलनको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गर्नु भयो ।

सम्मेलनको उद्घाटनसँगै राष्ट्रिय आर्थिक सरोकार समाज नेपालका उपाध्यक्ष डा.जीवन अंगाईले नेपाली अर्थतन्त्रका परिदृश्य र समसामयिक मुद्धाहरुको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । उक्त कार्यपत्रमा नेपालको वर्तमान आर्थिक स्थिति चित्रण गरिएको थियो । 

अर्थमन्त्री जनार्दन शर्माले ऐन कानुनहरु पनि विकास तथा आर्थिक वृद्धिमैत्री बन्न नसकेको बताउनु भएको छ । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको अर्थशास्त्री सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले नीतिगत सुधारहरु नहुँदा पनि विकासले गति लिन नसकेको हो भन्नु भयो ।

कतिपय देशहरुले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरेर सबल अर्थतन्त्र बनाए अब नेपालमा पनि दोहोरो अंकले आर्थिक वृद्ध गर्ने अभियान अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । 

६० वर्षको योजनावद्ध विकासको समीक्षा गरौं, हामी कहाँ पुग्यौं ? अरु कहाँ पुगे । संरचनागत कहाँ के भयो ? नीतिगत के ग¥यौं ?, के कमजोरी ग¥यौं भन्ने पाठ सिकेर सुधार गर्न सकियो भने सम्भावना अपार छ, प्रकृतिले धेरै दिएको छ । यसलाई रंग रोगनमात्र हामीले गर्ने हो ।

दुई अंकको आर्थिक वृद्धि गर्ने घोषणासहित जानु पर्ने स्थिति आएको र नेपालका लागि अन्य देशहरुको तुलनामा सहज भएको मन्त्री शर्माले बताउनु भयो । यसका लगि विगतमा भएका कामहरुको विषयमा समीक्षा गरेर कमीकमजोरीलाई सुधार गर्नुपर्छ भन्नुभयो ।

६० वर्षको योजनावद्ध विकासको समीक्षा गरौं, हामी कहाँ पुग्यौं ? अरु कहाँ पुगे । संरचनागत कहाँ के भयो ? नीतिगत के ग¥यौं ?, के कमजोरी ग¥यौं भन्ने पाठ सिकेर सुधार गर्न सकियो भने सम्भावना अपार छ, प्रकृतिले धेरै दिएको छ । यसलाई रंग रोगनमात्र हामीले गर्ने हो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री बावुराम भट्टराइले ४०÷५० वर्षदेखि एउटै कुरा दोहोर्याइरहनु पर्दा आफैमा दुःख लागेको बताउनु भयो । उहाँले हामी तथ्यांकीय खेलमा भन्दापनि सामाजिक व्यवहारमा परिवर्तनउन्मुख हुनपर्ने कुरामा जोड दिनुभयो । अहिलेको वर्तमान अवस्थाबाट बाहिर निस्कनको लागि तीनवटा विषयलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो ।

प्रथमतः विचारमा आधारित अर्थतन्त्रलाई हामीले बढि फोकस गर्नु पर्छ । त्यसैगरी पूँजीवादी पृष्टभूमिलाई समयसापेक्ष प्रयोगमा जोड दिनु र नीति के हुने भन्ने विषयले स्थान पाउनु पर्ने उहाँले बताउनु भयो ।  

सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले नीति र बोलीमा समाजवाद उन्मुख अर्थतन्त्र रहेको तर व्यवहारका नभएको बताउनु भयो । मुलुकमा गरीबीको दुष्चक्र विद्यमान छ यसलाई बाहिर ल्याउन लगानी योग्य पूँजी परिचालन नगर्नुको विकल्प छैन । यसका लागि आर्थिक रुपान्तरण आवश्यक छ ।

यो सरकारबाट मात्रै सम्भव छैन, सरकार सुविधा प्रदायक हुन्छ, नीजि क्षेत्र उत्पादनमा लाग्नु पर्छ । लगानी उत्पादनमा आधारित बनाउन सरकार तत्पर रहँदा उत्पादनले गति लिने, रोजगारी सृजना हुने हुन्छ जसबाट अर्थतन्त्रले गति लिन्छ भन्नु भयो । 

राष्ट्रिय पूँजीको विकासलेमात्र समाजवाद उन्मुख अर्थतन्त्रको वकालत गर्न सक्ने पूर्व कृषि तथा पशुपन्छि मन्त्री घनश्याम भुषालले बताउनु भयो । रोजगारी सृजना गर्ने पूँजी राष्ट्रिय पूँजी हो भने आयमात्र सृजना गर्ने पूँजी दलाल पूँजी हो भन्नु भयो ।

सबै राजनीतिक दल सुझावमात्र दिने नीति बनाउने र विभिन्न कार्यक्रममा बोल्दै हिड्ने तर गर्ने चाँही कस्ले ? गम्भिर छलफल यसै विषयमा हुनु पर्नेमा उहाँको जोड थियो ।