१ जेठ, २०८१ मंगलबार

04:49:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकार विजुलीमा किन घाटाको व्यापार गर्दैछ ?, यो क्षणिक की दीर्घकालिन ?

१० चैत, २०७८

नेपाल विद्युत प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) बाट प्रतियुनिट ३८ रुपैयाँमा विद्युत किन्न लागेको छ । तर उसले नेपालमा भने उक्त विद्युत प्रतियुनिट साविक कै मूल्य (८ देखि १० रुपैयासम्म) मा विक्री गर्दैछ

सरकार विजुलीमा किन घाटाको व्यापार गर्दैछ ?, यो क्षणिक की दीर्घकालिन ?

नेपाल विजनेश समाचारदाता
काठमाडौँ,

नेपाल आयल निगमले भारतबाट बढी मूल्यमा इन्धन ल्याएर नेपालमा कम मूल्यमा विक्री गरी घाटाको व्यापार गरेजस्तै नेपाल विद्युत प्राधिकरण पनि सोही लयमा देखिएको छ । 

इन्धनको मूल्यका विषयमा करलगायत विविध प्रश्नहरु थाती छ । तर विद्यूतका विषयमा नेपाल सरकार के कारणले घाटाको व्यापरमा लागेको हो भन्ने नयाँ जिज्ञासा उत्पन्न भएको छ । विहिबार उक्त विषय सञ्चारमाध्याममा आएपछि आम चासो बढेको छ । 

इन्धनको मूल्यका विषयमा करलगायत विविध प्रश्नहरु थाती छ । तर विद्यूतका विषयमा नेपाल सरकार के कारणले घाटाको व्यापरमा लागेको हो ? भन्ने नयाँ जिज्ञासा उत्पन्न भएको छ ।

विहिबार उक्त विषय सञ्चारमाध्याममा आएपछि आम चासो बढेको छ । 

नेपाल विद्युत प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) बाट प्रतियुनिट ३८ रुपैयाँमा विद्युत किन्न लागेको छ । तर उसले नेपालमा भने उक्त विद्युत प्रतियुनिट साविक कै मूल्य (८ देखि १० रुपैयासम्म) मा विक्री गर्दैछ ।

यसले सरकारलाई मासिक आठ अर्ब घाटा लाग्नेछ । 

विजुलीमा किन यसरी घाटाको व्यापार हुँदैछ छ ? प्राधिकरणका अनुसार भारतमा उर्जाको मूल्य उच्च भएकाले बाध्य भएर घाटाको व्यापार गर्नुपरेको हो । तर यो क्षणिक समयका लागि हुने प्राधिकरणको स्पष्टोक्ति छ । 

ह्विलिङ चार्ज तथा कमिसनसमेत गरेर उक्त विजुली ३८ रुपैयाँमा नेपालले पाउने प्राधिकरणले सार्वजनिक गरेको छ । प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विजुली खरिद गर्ने छ । उसले साविक कै मूल्यमा विक्री गर्ने जनाएको छ ।  

प्राधिकरणका अनुसार भारतमा उर्जाको मूल्य उच्च भएकाले बाध्य भएर घाटाको व्यापार गर्नुपरेको हो । तर यो क्षणिक समयका लागि हुने प्राधिकरणको स्पष्टोक्ति छ । 

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भारतसँग ३८ रुपैयाँमा विजुली खरिद गर्नेगरी बोलकबोल भएको जानकारी दिनुभएको छ । विश्व बजारमा कोइलाको मूल्य बढेसँगै कोइलाबाट उत्पादिन विजुलीको मूल्य बढेको जनाइन्छ ।

भारतमा विजुली महंगो भएको भन्दै प्राधिकरणले नकिन्दा नेपालका कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएको थियो । त्यसैले बुधबार प्राधिकरणले भारतीय बजारबाट महंगो मै भए पनि विजुली किन्ने गरी सम्झौता गरेको प्राधिकरणको जिकिर छ ।

२० भारुमा विजुली किन्दा सबै खर्च जोडेर नेपाली रुपैयाँ रु ३८ तिर्नुपर्छ । गतवर्ष चैतमा नेपालले ८ सय मेगावाटसम्म भारतबाट आयात गरेको थियो । 

७०० मेगावाट विद्युत अभाव 

नेपालमा गत आर्थिक वर्षको चैतमा १३ सय मेगावाट विद्युतको माग थियो । अहिले माग बढेर १६ सय मेगावाट पुगेको छ । नेपालको आन्तरिक उत्पादन भने ९ सय मेगावाट छ ।  

नेपालले केही दिन अघिसम्म ८ रुपैयाँ भारुमा विजुली किनेको थियो । तर भारतमा ऊर्जाको मूल्य एक्कासी बढेको र सस्तो मूल्यमा प्रस्ताव गर्दा विजुली नै नपाएकाले केही दिन नेपालमा विजुली अभाव भएको थियो । त्यसैले विहिबारदेखि नेपालले भारतबाट खरिद गरेको विजुलीको प्रतियुनिट मूल्य रु ३८ पर्ने भएको हो ।

“अहिले फुलरेटमा ब्रिड गरेकाले अब विजुलीको समस्या नहुने प्रवक्ता भट्टराईले बताउनु भयो । उहाँका अनुसार विहिबार रातिदेखि कम्तिमा ७ हजार मेगावाट आवर बिजुली नेपाल आउँछ ।

त्यसपछि सबै उद्योगले विजुली पाउँनेछन् । बुधबार र बिहीबार सस्तोमा बिजुली नपाएपछि शुक्रबारका लागि प्राधिकरण महँगोमा प्रस्ताव हाल्न बाध्य भएको हो । 

हाल नेपालभित्रको आन्तरिक माग ३१ हजार मेगावाट आवर रहेकोमा प्राधिकरणले १२ हजार मेगावाट आवर भारतबाट आयात गरिरहेको छ । गतवर्ष चैतमा नेपालले ८ सय मेगावाटसम्म भारतबाट आयात गरेको थियो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा मौसममा आन्तरिक उत्पादनले माग थेग्न नसकेपछि भारतबाट विजुली आयात गरेको बताउनु भयो । “तर यो केही दिनको मात्र क्राइसिस हो, अहिले पनि हामी लोड बढाउने नै हो, लोडसेडिङ हुँदैन” उहाँले भन्नुभयो । 

भारतमा विजुलीको माग उच्च भएपछि नेपालले खरिद नगर्दा औद्योगिक क्षेत्रमा विजुली अभाव भएको थियो । लोडसेडिङ पुन दोहोरिने हो कि भन्ने उद्योगीहरुको चिन्ताका बीच प्राधिकरणले महंगोमा खरिद गर्ने निर्णय गरी लोडसेडिङलाई तत्कालका लागि हटाएको छ ।

उक्त निर्णयले मासिक ८ अर्ब घाटा 

भारतबाट हालको दरमा विजुली किन्दा प्राधिकरणलाई एक दिनमा २० देखि २२ करोडबढी रकम तिर्नुपर्ने र एक महिनासम्म यही दरमा विजुली किन्दा ८ अर्ब रुपैयाँसम्म प्राधिकरणलाई घाटा हुने जनाइएको छ। 

प्राधिकरणले व्यक्तिगत र घरायसी प्रयोजनको लागि प्रतियुनिट ८.८७ रुपैया र उद्योगलाई १०.१२ रुपैयामा बिक्री गरिरहेको छ । औसतमा ९.९४ रुपैया प्रतियुनिट विजुली बिक्री भइरहेको छ ।

अहिले प्राधिकरणले ३८ रुपैयाँ प्रतियुनिटमा किने पनि प्राधिकरणले मूल्य नबढाउने स्पष्ट पारिसकेको छ । तर सोही दरमा भने लामो समयसम्म विजुली किन्न नसक्ने कार्यकारी निर्देशक घिसिङ सुनाउनुहुन्छ ।

आउँदो असारसम्ममा नेपालमा२३०० मेगावाटको हाराहारीमा उत्पादन हुने दावी प्राधिकरणको छ । यसले सुख्खायाममा पनि राम्रो ब्याकअप दिन्छ । यही दरमा किन्दा असारसम्ममा १० अर्बसम्म खर्च हुनसक्ने प्रक्षेपण छ । 

विद्युत उत्पादन गरी बिक्री गर्नुभन्दा विद्युतको खपतगर्दा उत्पादनमा ८ गुणाले वृद्धि गर्न सकिने कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो । 

नेपालमा सबैभन्दा ठूलो ब्याकअप अप्पर तामाकोशीले दिइरहेको छ । वर्षायाममा फुलफेजमा उत्पादन हुने तर हिउँदमा ४० प्रतिशतको हाराहारीमा मात्र उत्पादन हुनेहुँदा हिउँमा नेपाललाई विद्युतको अभाव हुन्छ ।

कोरोना महामारी र रुस–युक्रेन युद्धको कारण पनि अन्तर्राष्ट्रियस्तरमा इन्धनको अभाव बढेको छ । सोही कारण भारतबाट उच्च मूल्यमा विद्युत खरिद गर्नुपरेको घिसिङ बताउनुहुन्छ ।